सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २७। मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सार्ने विषयमा आशंका बढिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले नसार्ने प्रतिबद्धता जनाएका छन् । ठूला तीन दलको बैठकमा बिहीबार प्रधानमन्त्री देउवाले निर्वाचन मिति सार्ने हल्ला सत्य नभएको प्रस्ट पारे । एमाले र माओवादी केन्द्रलगायत दलका नेताले वाम गठबन्धनबाट आत्तिएर सरकार र सत्तारुढ कांग्रेसले निर्वाचन सार्ने तयारी गरेको आशंका गरिरहेका छन् ।
तर, प्रधानमन्त्री देउवाले वामपन्थी गठबन्धनका शीर्ष नेतासमक्ष नै निर्वाचन नसार्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी नेताले जानकारी दिएका छन् ।अाजकाे अन्नपुर्णमा नवीन झाले समाचार लेखेका छन् ।
यसै साता सुरुमा सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० मंसिरमा हुने पहिलो चरणको निर्वाचन सारेर एकै चरणमा २१ मंसिरमा गर्नुपर्ने अनौपचारिक प्रस्ताव राष्ट्रपतिसमक्ष लगेको जनाइएको छ ।
अहिलेसम्म यसको पुष्टि सरकारले गरेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आग्रहमा बसेको शीर्ष बैठक दुई विषयमा केन्द्रित भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा