सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
बिहीबार ४ वटै सुरक्षा निकायका प्रमुखहरुसँग निर्वाचनको सुरक्षासम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरी उनले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको भन्दै उम्मेद्वारका सुरक्षालाई प्राथमिकता लिन आग्रह गरे।
प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले ल्याएको निर्वाचनसम्बन्धि सुरक्षा योजना ज्यादै व्यवहारिक भएको टिप्पणी उल्लेख गर्दै सोही अनुसार उम्मेद्वारको सुरक्षा व्यवस्था मिलाउनुपर्ने उल्लेख गरे।
त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचन सम्बन्धि केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए। आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
राजनीतिक दलहरुले २९ गते आइतबार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा