सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जाजरकोट, असोज २६। यहाँको त्रिवेणी नलगाड– ८ बगारामा रा १ ज ४२७ नंको जिप पल्टिँदा दुईजना घाइते भएका छन् ।
घाइते वडा नं ८ मन्मैका टीकाराम केसी र चालकका सहयोगी रामबहादुर विकको रुकुमको राडीमा रहेको श्रीनगर मेडिकलमा उपचार भइरहेको स्थानीय शिक्षक वीरबहादुर खत्रीले जानकारी दिनुभयो ।
बगाराबाट मन्मै जाने जिपको वरिपरि यात्रु झुण्डिएर गएका कारण भार थाम्न नसकी पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अनुभव नभएका चालकका सहयोगीले गाडी चलाउँदा जिप पल्टिएको स्थानीयले बताएका छन् । प्रहरीचौकी मैदेबाट प्रहरीको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान जारी राखेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा