सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २६ । साताको अन्तिम कारोबारको दिन नेप्से परिसुचकमा सामान्य वृद्धि देखिएको छ । विहिवार सेयर बजार ४।०३ अंकले बढेर १५१०।०२ अंकमा पुगेर बजार बन्द भएको छ ।
विहिवार अरुदिनको तुलनामा कारोवारमा पनि केही बुद्धि देखिएको छ । विहिवार १५४ वटा कम्पनीको आठ लाख ९९ हजार तीन सय ३६ कित्ता सेयर चार हजार चार सय २६ पटक खरिदविक्री हुँदा ४० करोड ४८ लाख छ सय एक रुपैयाँ वराबरको कारोबार भएको छ ।
बिहीबार चिलिमेको ७ करोड २० लाख रुपैयाँ माथिको शेयर किनबेच भएको छ भने नेपाल टेलिकमको ३ करोड ५० लाखको कारोबार भएको छ । कुमारी बैंकको १ करोड ७७ लाख , स्टान्डर्ड चार्टर्ड बैंकको १ करोड ४३ लाख र नेपाल बैंकको १ करोड २ लाख बराबरको सेयर कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स, एनसीसी बैंक प्रोमोटर, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकको क्रमशः ७८ लाख, ७६ लाख, ७६ लाख, ७६ लाख र ७० लाख रुपैयाँमा सिमिति भयो ।
विहिवार कारोबारमा आएका आठ उपसमूह मध्ये बैंक, टे«डिङ् र अन्यबाहेकका सबै समूह घटेका छन् । बीमा समूह सबैभन्दा बढी २१ दशमलव ०८ अंकले घटेको छ । त्यस्तै जलविद्युत समूह ७ दशमलव ०३ अंकले, विकास बैंक समूह ५ दशमलव ४२ अंकले, होटल समूह ४ दशमलव ०८ अंकले र फाइनान्स समूह ३ दशमलव १३ अंकले घटेका छन् । भने बिहीबार अन्य समूहमा अत्याधिक वृद्धि देखिएको छ । यो समूह ३० दशमलव ०४ अंकले बढेको छ । त्यस्तै बैकिङ समूह २ दशमलव ०१ अंकले, र ट्रेडिङ समूह शून्यदशमलव २५ अंकले बढेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा