सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २५ । दोस्रा किस्ताका लागि योग्य लाभग्राहीले गाउँपालिका र नगरपालिकाको सिफारिसमा अग्रिम रुपमा तेस्रो किस्ता पाउने भएका छन् । स्थानीय तहको जिम्मामा लाभग्राहीले पाँच महिनाभित्र घर सम्पन्न गर्ने सर्तमा तेस्रो किस्ता आवास अनुदान अग्रिम रुपमा पाउने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
निजी आवास निर्माणमा लाभग्राहीलाई अग्रिम रुपमा तेस्रो किस्ताको रकम उपलब्ध गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको हो । प्राधिकरणको प्रस्तावलाई अर्थ मन्त्रालयले सहमति दिएसँगै यो प्रक्रिया अघि बढेको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा