सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ, अशोज २५ । मनाङ जिल्लाबाट नेकपा एमालेले संघ र प्रदेश चुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ । एउटा संघीय क्षेत्र र २ प्रदेश क्षेत्र रहेको मनाङबाट एमालेले संघको प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष पोल्देन छोपाङ गुरुङलाई उम्मेदवारमा सिफारिस गरेको छ ।
एमालेले प्रदेशको क्षेत्र नं. १ प्रत्यक्षतर्फ धोर्जे ढन्डुल गुरुङलाई सिफारिस गरेको छ । यस्तै प्रदेश क्षेत्र नं. २ बाट एमालेले राजीव गुरुङ (दीपक मनाङे) लाई सिफारिस गरेको छ ।
एमालेले समानुपातिकतर्फ पासाङ विष्ट, याङ्डुुङ गुरुङ, मंगलबहादुर गरुङ, युटेन गुरुङ, नरेन्द्र घले, रत्नकुमारी गुरुङ र नन्द गुरुङको नाम सिफारिस गरेको एमाले जिल्ला कमिटीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा