सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सर्लाही, असोज २५ । अवैध हतियार नियन्त्रण हुन नसक्दा पछिल्ला दिनमा गोली हानी हत्या हुने क्रम बढेको छ । सोमबार मात्र राजधानीमा निर्माण व्यवसायिको हत्याको घटना सेलाउन नपाउदै सर्लाहीमा अर्का एक व्यवसायिको गोली हानी हत्या भएको छ ।
सर्लाही कविलासी नपा वडा ३ बस्ने २७ वर्षीया सुनील शाहको गोली हानी हत्या भएको छ । सर्लाहीको पीडारीमा सुनचाँदी पुसल बन्द गरेर घर आउने क्रममा तीन जनाको अज्ञात समूले गोली हानी उनको हत्या गरेका हुन्।
शाहले हरिपुर नपाको पीडारी बजारमा सुन चाँदी पसल चलाउँदै आएका थिए। शाहको गाउँ पिपरियाबाट २ किलोमिटर रहेको छ।मोटरसाइकलमा आइरहेको बेला गाउँको बीचमा अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले बताएको छ ।
मृत शाहको शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा राखिएको छ । यसअघि सोमबार दिउँसै राजधानी काठमाडौंको शान्तिनगरमा निर्माण व्यावसायी महासंघका अध्यक्ष शरद थौचनको गोली हानी हत्या गरिएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा