सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बेइजिङ, असोज २४ । भ्रष्टाचार नियन्त्रणका लागि बनाइएको उच्च समितिले मितव्यसयिता कानुन उल्लंघन गर्ने ६ हजार १८७ अधिकारीलाई कारबाहीको दायरामा ल्याएको चिनियाँ कम्युनिष्ट पार्टीले मंगलबार जनाएको छ ।
उनीहरूलाई ४ हजार ५०६ मुद्दामा ६ हजार १८७ जना चिनियाँ अधिकारीमाथि कारबाही गरिएको उक्त समितिले जनाएको छ ।
मितव्ययिता उल्लंघन गरिएका घटनामा अधिकांश गैरकानूनी रूपमा भत्ता, लाभांस लिने लगायतका आर्थिक अपचलनका मुद्दा भएका समितिले जनाएको छ । यसबाहेक, सरकारी गाडीको दुरुपयोग तथा सर्वसाधारणको कामका लागि उपहार लिएको बताइएको छ ।
समितिले यस आर्थिक वर्षको नौ महिनाको अन्तरालमा जम्मा ४७ हजार अधिकारीलाई ३३ हजार ४७१ मुद्दामा अन्य तर, सामान्य वित्तीय अपराध उल्लंघन गरेको आरोपमा चिनियाँ अधिकारीमाथि कारबाही गरेको जनाएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको आठ बुँदे मितव्ययितासम्बन्धि नियमले सामाजिक तथा वित्तीय अपराध नियन्त्रणमा समारात्मक भूमिका खेलेको र यसबाट सरकारी, पार्टी तथा प्रान्तीय संघसंस्थामा आर्थिक अपचलनका घटनामा कमी आएको भेटिएको पनि समितिले जनाएको छ । (रासस/सिन्ह्वा)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा