सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाणडौ, असोज २४। एमाले, माओवादी केन्द्र र नयाँशक्तिसहितको वाम गठबन्धन र नेपाली कांग्रेस, राप्रपा र संघीय फोरमसहितको लोकतान्त्रिक गठबन्धनलाई सीट भागबण्डामा सकस परेको हो । आइतवार नै सीट बाँडफाँड सकाउने भनेको वाम गठबन्धन अझै टुंग्गोमा पुग्न सकेको छैन भने लोकतान्त्रिक गठबन्धनमा पनि राजपा र संघीय फोरमले धेरै सीट दावी गरेपछि सहमति जुट्न सकेको छैन ।
लोकतान्त्रिक गठबन्धनमा आवद्ध भनिए पनि तराईमा साझा उम्मेदवार उठाउने अलग्गै सहमति गरेका राजपा र संघीय फोरमले ५५ सीट मागेपछि कार्यदलमा रहेका कांग्रेस नेताहरुले यो विषय आफ्नो तहबाट टुंग्याउन नसकिने भन्दै शीर्ष नेताको तहमा पुर्याएका छन् । उता, एमाले र माओवादी केन्द्रले पनि सीट बाँडफाँड गर्न सकेका छैनन् । दुबै दलले ६० र ४० प्रतिशतका आधारमा सीट मिलाउने समझदारी गरेपनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सीट दावी गरेको छ ।
दुबै कार्यदलमा जीत सुनिश्चित हुने उम्मेदवार र क्षेत्र तथा २०७० को संविधान सभा र २०७४ को स्थानीय तह चुनावको मत परिणामलाई आधार मानेर क्षेत्र छुट्टाइने भन्ने सैद्धान्तिक सहमति छ । तर अझै कुनै निष्कर्ष भने गठबन्धन पुगिसकेको छैन ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा