सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडाैं , असोज २४। नागढुंगा प्रहरीले लागुअाैषधसहित तीन जनालार्इ पक्राउ गरेको छ । बारादेखि काठमाडाैं आउँदै गरेको ना ७ ख ८७९ नं को यात्रुवाहक बसमा लुकाएर लागुअाैषध ल्याएका बाराको बारागढी गाउँपालिका-१ पिप्रा वसतपुरका २४ वर्षका लक्ष्मण साह र सोही ठाउँका वर्ष २५ का जोगिन्दर सहनीलार्इ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलार्इ झोलामा कम्वलभित्र लुकाएको डाइजेपाम ८५ एम्पुल, फेनार्गन ८० एम्पुल र नुर्फिन ९७ एम्पुल गरी जम्मा २६२ एम्पुल लागुअाैषधसहित नियन्त्रणमा लिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले जानकारी दिए ।
साथै उनीहरूको सहयोगमा काभ्रे नमोवुद्द-३ का २९ वर्षीय गोपाल श्रेष्ठलाई कलंकीबाट पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको इन्चार्ज घर्तीले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा