सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज २४। चलचित्रको नाम नै ‘फाटेको जुत्ता’ रहेकाले दर्शकलाइ फाटेको जुत्ता लगाएको तस्बिर फेसबुकमा पोष्ट गर्न र आफूहरुलाई ट्याग गर्न निर्माताले आग्रह गरेका छन् । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर पोष्ट गरेर ट्याग गर्ने दर्शकलाइ नयाँ जुत्ता उपहार दिने निर्माता अर्जुन कुमारले जानकारी दिएका छन् ।
यो योजनामा २५० जनाले नयाँ जुत्ता पाउने निर्माताले बताए । लक्की ड्रबाट छानिएका देशभरका दर्शकलाइ घरमै नयाँ जुत्ता पुर्याइने समेत बताइएको छ । निकेश खड्का निर्देशित चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया, रामेश्वर झा लगायतका कलाकारको मुख्य भूमिका छ । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा