सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान, असोज २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज साँझ प्रहरीको गाडी र मालवाहक ट्रक ठोक्किदा नौ प्रहरीसहित बाह्रभन्दा बढी घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय लहानले जिल्ला अदालतबाट कैदीको म्याद थप गरेर फर्किने क्रममा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १ क ११४४ नंको मिनीट्रक र विपरीत दिशाबाट आइरहेको बा १ ग २२१२ नंको ट्रक ठोक्किदा ट्रकमा रहेका नौ प्रहरी र तीन थुनुवा घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते प्रहरीमध्ये पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए।
दुर्घटनामा प्रहरी सहायक निरीक्षक धनराज खतिवडा, प्रहरी हवलदार महेन्द्र खत्वे र शम्भु कार्की, प्रहरी जवान सन्तोष न्यौपाने, प्रमोदकुमार चौधरी, भगवानलाल माझी, अनुपनारायण झा घाइते भएका छन्। यसैगरी दुर्घटनामा परी थुनुवा प्रेमकुमार यादव, राकेशकुमार यादव र विकास भट्टराईसमेत घाइते भएको प्रहरीले जनाएको छ। रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा