सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, अभिनेत्री झरना थापाले तेश्रो फिल्म निर्देशनको तयारी थालेकी छिन् । चलचित्र ‘ए मेरो हजुर २’ को सफलतापछि झरना भागवत गीता बनाउने सुरुमा लागेकी हुन् । होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँकन सुरु हुनेछ ।
चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा आफ्नो नयाँ फिल्म बारे झरनाले बताएकी हुन् । दर्शकबाट चाहिं ए मेरो हजुरको तेश्रो सिक्वेल बनाउन आग्रह आइरहेको छ, झरनाले भनिन्, ‘हामी यसबारे सोचिरहेका छौं ।’ स्टोरीले फिल्म चल्छ भन्ने मान्यता राख्ने झरनाले आफुले निर्देशन गर्ने दोश्रो फिल्म पनि युवा लभ स्टोरीमै आधारित हुने बताउँछिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा