सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असोज २३ । विश्वकप छनोट खेल अन्तर्गत युरोपियन क्षेत्रबाट आइतबार राति भएको खेलमा जर्मनीले अजरबैजानलाई ५-१ गोलले पराजित गरेको छ । जर्मनीका लागि लियोन गोरेटजाले दुई गोल ,त्यस्तै सान्द्रो वागनर, एन्टोनियो रुडीगर र इम्री कानले एकएक गोल गरेका थिए ।
जर्मनीका लागि लियोन गोरेट्ज्गाले ६ र ६६ औं मिनेटमा गरी दुई गोल गरे । ५४ औं मिनेटमा सान्ड्रो वाग्नर, ६४ औं मिनेटमा एन्टोनियो रुडेजर तथा ८१ औं मिनेटमा एम्र क्यानले गोल गरे । अजरबैजानका लागि एकमात्र गोल खेलको ३४ औं मिनेटमा रामिल सेडेएभले गरे । जर्मनीले समूह चरणका सबै १० खेल जितेको छ । यसक्रममा उसले कीर्तिमानी ४३ गोल समेत गरेको छ । यसअघि युरोपियन क्षेत्रको छनौट चरणमा सबै १० खेल जितेर स्पनेले २०१० को विश्वकप छनौटपरेको थियो । आइतबार राती नै भएको अर्को खेलमा नर्दन आयरल्याण्ड नर्वेसँग १ – ० ले पराजित भएको छ । विश्वकप छनौटको लागी नर्दन आयरल्याण्डले प्ले अफ खेल खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा