सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ। गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन यसपालिको विश्वकपमा समावेश हुने सम्भावना न्यून बनेको हो। दक्षिण अमेरिकी छनोट समूहमा शीर्ष ४ स्थान बनाउने देश सीधै विश्वकपका लागि छनोट हुने प्रावधान छ । पाँचौं हुने टिमले प्लेअफ अन्तर्गत ओसियाना क्षेत्रको न्युजिल्यान्ड विरुद्ध खेल्न पाउने र यसबाट विजयी एक टिमले विश्वकपमा प्रवेश पाउने प्रावधान छ।
पेरुसँग बराबरी खेलेपछि अर्जेन्टिना छैटौं स्थानमा झरेको छ । यसको अर्थ अहिलेको अवस्थामा अर्जेन्टिना छनोटबाट बाहिरिसकेको छ । तर, छनोट अन्तर्गत आउँदो मंगलबार अन्तिम खेल हुँदैछ । यो खेल नै अर्जेन्टिनाका लागि ‘गर् या मर्’ को स्थिति बन्नेछ। अर्जेन्टिना समुद्री सतहभन्दा २८ सय मिटर माथि रहेको क्युटो शहरमा इक्वेडर विरुद्ध खेल्दै छ । उसलाई विश्वकप छनोटमा आफूलाई जीवित राख्न ३ अंक आवश्यक छ । क्युटो शहरमा अर्जेन्टिना पछिल्लो तीन भिडन्तमध्ये २ मा पराजित र एकमा बराबरीमा रोकिएको थियो।
इक्वेडर यसअघि नै लगातार पाँच खेल हार्दै छनोटबाट बाहिरिसकेको छ। पाँच पटकको फिफा विश्व खेलाडी मेसीको कप्तानीमा रहेको अर्जेन्टिनामा स्टार खेलाडीको जमघट भए पनि उसले राम्रो फिनिसिङ गर्न सकेको छैन । जसका कारण टिम संकटमा देखिएको छ । मेसी विश्वकपमा देखा पर्ने कि नपर्ने विषयमा अहिले विभिन्न विदेशी पत्रपत्रिकाको पन्ना भरिएका छन्।
तर, प्रशिक्षक जर्जे साम्पाउली अर्जेन्टिना अन्तिम खेलमार्फत विश्वकपमा छनोट हुने दाबी गर्छन् । २ खेल अगाडि मात्र अर्जेन्टिनाको प्रशिक्षक नियुक्त भएका उनी भन्छन्, ‘हामीले गोल गर्न मात्र नसकेका हौं । म विश्वस्त छु, हामी विश्वकपमा छनोट हुनेछौं। ’एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा