सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जुम्ला, असोज २२। आसन्न मंसिर १० र २१ गते दुई चरणमा हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चुन्न नेकपा एमालेबाट १० जनाको नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्यको प्रत्यक्ष उम्मेदवारका छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा ९एमाले०का नेता पदमबहादुर रोकायाले जानकारी दिनुभयो ।
त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई उम्मेदवारका लागि सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ ।
उम्मेदवार सिफारिसमा पार्टीभित्रको असन्तुष्ट पक्षले अहिले पनि विरोध गरिरहेको परिषद् सदस्य रोकायाको भनाइ छ । अहिले नाम सिफारिस भए पनि एकताबाट प्राप्त निर्देशनअनुसार मान्नुपर्ने एमालेका जिल्ला नेता धीरेन्द्र गिरीले बताउनुभयो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा