सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २२ । नेपाल–भारत प्रबुद्ध समूह ईपीजीको पाँचौं बैठक आजपनि काठमाडौंमा जारी छ । समूहमा द्वीपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि-सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा भारतीय पक्षले सीमा नियमन ब्यवस्थित गर्न चेक प्वाइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ ।
भारतीय पक्षले आप्रवासनका विषयमा कुरा उठाउँदै दुबैतर्फ रहेका एक अर्का आप्रवासी नागरिकलाई दिने समान सुविधाका बारेमा चासो राखेको हो ।नेपालले भने आप्रवासनको विषयमा समान हैसियत दिन समस्या हुने भन्दै भूगोल र जनसंख्याको कुरा ख्याल गर्नुपर्ने धारणा राखेको छ । सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका विषयमा भने यस पटक खासै धेरै छलफल भएको छैन । दुई देशबीच जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा पनि छलफल सुरु भएको छ ।
बैठकमा नेपालतर्फबाट संयोजक डा.भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई छन् भने भारतीय पक्षको नेतृत्व संयोजक भगतसिंह कोसियारीले गरेका छन् । अरु सदस्यमा डा.बिसी उप्रेती र महेन्द्र पी लामा छन् । नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुबै मुलुकले प्रबुद्ध व्यक्ति समूह गठन गरेका हुन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा