सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असोज २२ । शनिबार राति भएको विश्वकप २०१८ छनौट खेलमा पोर्चुगलले एण्डोरालाई २(० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफमा गोल गर्ने धेरै मौका पाएको पोर्चुगलले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीबरीमा खेल्न पुग्यो । दोस्रो हाफमा पोर्चुगलका लागि ६३ औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरेर अग्रता लियो ।
त्यसैगरी दोस्राो गोल खेलको ८६ औ मिनेटमा एन्द्री सिल्भाले गोल गर्दै पोर्चुगलको दुई गोलको अग्रता बनाए । पोर्चुगलको सामु एण्डोराले खासै गतिलो खेल प्रदर्शन गर्न नसक्दा २–० को हार ब्यहोनु पर्यो।
समूह ‘बि’ मा रहेको स्वीट्जरल्याड नौ खेल जित्दै २७ अंकका साथ शीर्ष स्थानमा छ । पोर्चुगल २४ अंकका साथ दोस्रो स्थानमा छ । आउदो मंगलबार हुने खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएमा समूह विजेता बन्दै सोझै विश्वकपमा छनौट हुनेछ ।
यदि स्वीट्जरल्याण्डसँग हारेमा वा बराबरी खेलेमा भने पोर्चुगल समूह उपविजेता बन्दै प्ले–अफ खेल्नुपर्नेछ । तर स्वीट्जरल्याण्डले भने पोर्चुगलसँगको खेलमा बराबरी मात्र खेलेमा पनि समूह विजेता बन्दै विश्वकप २०१८ का लागि छनौट हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा