सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इजिप्ट, असोज २२ । अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ ।
शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । इजिप्टले सुडानले मानव अधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ ।
वासिङटन लगायत कतिपय मुलुकले सुडानले आतंकवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही वर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दावी छ ।
यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा २० वर्षदेखि लगाउदै आएको नाकावन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो । तर, इजिप्टले भने सो आरोपको खण्डन गर्दै आएको छ ।
सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ । (रासस/एपी)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा