सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्वत, असोज २१ । फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ । ‘साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ,’ पौडेलले भने , ‘२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।’
घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उनले सो घिरौँला बीउको प्रयोजनका लागि वचाइराखेको बताए ।
अस्वाभाविक ठूलो घिरौँला फलेपछि उनको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।
कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भने, ‘मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रवन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा