सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाल्पा, असोज २१ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ पाल्पा निर्वाचन क्षेत्र नं १ मा जीतबहादुर थापा र क्षेत्र नं २ मा वसन्त घर्ती मगरलाई सिफारिस गरिएको हो । प्रतिनिधिसभा समानुपातिकतर्फ नेत्रप्रसाद पाण्डे, दलबहादुर राना, मीरा राना र खुमबहादुर विकको नाम सिफारिस भएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा प्रत्यक्षतर्फ यमबहादुर सुनार, जनक ढकाल र कमल भट्टराईको नाम सिफारिस भएको छ । प्रदेश नं २ मा विष्णु थापा र अर्जुन श्रेष्ठको नाम सिफारिस गरिएको माओवादी केन्द्रका जिल्ला सदस्य रामबहादुर गरम्जाले बताए ।
निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश क्षेत्र १ मा प्रत्यक्षतर्फ तुलसा राना र नवीन थापाको नाम केन्द्रमा सिफारिस गरिएको छ । प्रदेश २ मा राजेन्द्र विक, चक्रब्यूह थापा र लीला कार्कीको नाम प्रत्यक्षमा सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । प्रदेशसभाका लागि समानुपातिकमा गिरबहादुर थापा, रामबहादुर गरम्जा, दिलु लामा, लोकनाथ गौतम, वलु गैरे र शान्ता सारुको नाम सिफारिस गरिएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा