सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फलेवास, पर्वत, २१ असोज । फलेवास नगरपालिका– ७ लिमिठानाका कृषक भुवानीप्रसाद पौडेलको बारीमा १० किलाकोे घिरौँला फलेको छ ।
साधारणतया एउटा घिरौँला एकदेखि डेढ किलोसम्मको हुने गर्छ । पौडेलले भन्नुभयो, “२० वर्ष यतादेखि तरकारी खेती गर्न थालेको हुँ, यत्रो घिरौँला अहिलेसम्म फलेको थिएन ।”
घिरौँला तीन हात लामो छ । जेठमा रोपिएको घिरौँला अरु पनि यस्तै ठूला ठूला आकारमा फलेकाछन् । उहाँले सो घिरौँला बीउको प्रयोजनका लागि बचाइराखेको बताउनुभयो । अस्वाभाविक ठूलो घिरौँला फलेपछि उहाँको बारीमा हेर्न आउनेहरुको भीड लाग्न थालेको छ । मलिलो जग्गाका कारण घिरौँला हौसिएर बढेको कृषि प्राविधिकले बताएका छन् ।
कृषि प्राविधिक आनन्दप्रसाद पौडेलले भन्नुभयो, “मलिलो जग्गा, नियमित गोडमेल र सिँचाइको प्रबन्धका कारण उत्पादन राम्रो भएको हुन सक्छ ।”
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा