सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज २१ । बैंक तथा बित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले पाँच अर्ब रुपैयाँ तरलता प्रशोचन (उठाउने) गर्ने भएको छ ।
राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमा बढी भएको रकम बोलकबोलबाट उठाउन लागेको हो ।
३० दिने निक्षेप संकलन उपकरणमार्फत उठाइएको उक्त रकमको ब्याजदर भने बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए । निक्षेपको साँवा ब्याज भुक्तानी कात्तिक २१ गते हुनेछ ।
बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्न लागेको हो । बजारमा अहिले कसिरब एक खर्ब रुपैयाँ अधिक तरलता छ ।
बैंक तथा बित्तीय संस्थामा अधिक तरलता देखिए पनि अधिक ब्याजदरका कारण निजी क्षेत्रले कर्जा लिन मानिरहेको छैन । –अन्नपूर्ण पोस्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा