सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वासिंटन, असोज २० । मध्य अमेरिकामा भारी बर्षापछि आएको आँधीमा २० जनाको मृत्यु भएको छ । आँधीका कारण कोस्टारिकामा ६, निकारागुआमा ११ र होन्डुरसमा ३ जनाको मृत्यु भएको हो । मध्य अमेरिकाको कोस्टारिका, निकारागुआ र होन्डुरस आँधीको चपेटामा परेपछि संकटकाल लागू गरिएको छ । आँधीमा २० जना हराईरहेका छन् ।
भारी बर्षा, पहिरो र बाढीका कारण त्यहाँका हजारौं जनता बिचल्लीमा परेका छन् । कोस्टारिकामा मात्रै ४० हजारभन्दा बढी मानिस बिजुली आपूर्ति बन्द हुँदा अँध्यारोमा बस्न बाध्य छन् । आँधीका कारण कोस्टारिकामा दर्जनौं उडान रद्द हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
आँधीले ठाउँ ठाउँमा रुख र बिजुलीको पोल ढालेकाले यातायात सेवामा समेत कठिनाई भएको छ । आँधीले घरका टहरा उडाउनुका साथै सयौं सवारीमा क्षति पुगेको छ । आँधी प्रभावितका लागि सुरक्षित बासस्थानको ब्यबस्था गरिएको बताईएको छ । (एजेन्सी)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा