सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इलाम, असोज १९। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गर्नुभएको छ ।
नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गर्नुभयो ।
त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा