सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दमासकस, असोज १८। इस्लामिक स्टेट्स (आईएस) लडाकूहरूको नियन्त्रणमा रहेको मानिएको सिरियाको रक्कामा भएको हवाई हमलामा परी कम्तीमा ४५ सर्वसाधारण मारिएका छन् ।
अमेरिका नेतृत्वको संयुक्त सेनाले मंगलबार गरेको यस हवाई कारबाहीमा परी मारिनेमा सबै आम नागरिक रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मृत्यु हुनेमा बालबालिका र महिला पनि रहेका छन् । आतंकवादविरुद्धको अमेरिकी नेतृत्वको गठबन्धन सेनाले आतंकवादीहरू बस्ने गरेको भवनहरूमा आक्रमण गरेको थियो ।
पछिल्लो समयमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाले शृङ्खलाबद्ध आक्रमण बढाउँदै लगेको छ । हवाई आक्रमण बढ्दै गर्दा दैनिक रूपमा मृत्यु हुने नागरिकको संख्यामा पनि वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।
सिरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघलाई पत्राचार गर्दै अमेरिकी नेतृत्वको गठबन्धन सेनाबाट भएको ‘अपराध’ रोक्न विश्व समुदायलाई आह्वान गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा