सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मस्को, असोज १८ । सिरियाली सेनालाई सहयोग गर्न गरेका रसियाली हवाई आक्रमणमा परी यूफ्रेट्स नदीको पूर्वी किनारामा वस्दै आएका ३०४ जना विद्रोहीको विगत दुई दिनमा मृत्यु भएको रसियाली रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।
मृतकमध्ये सात जना तहका आइएसका विभिन्न तहका स्थल कमाण्डर रहेका मन्त्रालयका प्रवक्ता इगोर कोनासेनकोभले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
हवाई आक्रमणमा आइतबार र सोमबार गरी ३०४ जनाको मृत्यु भएको छ भने १७० जनाभन्दा बढी आतङ्ककारी घाइते भएका छन् ।कारबाहीमा आतङ्ककारीले प्रयोग गर्दै आएका आश्रयस्थल,थुप्रै बन्दोबस्तीका सामान तथा हतियार पनि नष्ट भएका विज्ञप्तिमा जनाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा