सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुलरिया, असोज १७ । । नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ । प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।
नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन् । सिँचाइमन्त्री सञ्जयकुमार गौतम र पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो कृतिको आज विमोचन गरे । नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा