सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १७। अगामी मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने र तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य सहित बाम एकताको लागी सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभामा भएको संयुक्त पत्रकार सम्मेलनमा एमाले, माओवदी र नयाँ शक्ति बीच दलीय एकता र चुनावी एकताको विषयमा तीन दलबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा, बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नया शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले नयाँ वामपन्थी शक्तिले दुई तिहाई बहुमत ल्याएर देशलाई समृत बनाउने उदघोष गरेका छन् ।
कार्यक्रममा बाबुरामले दुई तिहाई बहुमत ल्याएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति ल्याएरै छाड्ने र देशलाई समृद्ध बनाउने बताए । उनले अब आफूहरु एक भएर अगाडि बढ्ने प्रतिबद्धता समते व्यक्त गरे ।
उनले केही महिनाभित्र देशमा राजनीतिक धुव्रीकरण गरेर देखाउने बताउँदै एकताबद्ध भएर आगाडि बढ्न कार्यकर्ताहरुमाझ आह्वान गरे । डा. भट्टराईले राजनीतिक परिवर्तन भैसकेको अब भनेको देश बिकाश र आर्थिक क्रान्ति ल्याउने बेला आएको तर्क ब्यक्त गरे।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा