सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १७ । ठूला वामपन्थी दल नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी गठवन्धनदेखि पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ गठन गर्ने सहमति भएको छ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने र तीनवटै पार्टीबीच एकता गरि देशको एउटै मुख्य कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य रहेको सहमतिपत्रमा उल्लेख छ । पार्टी एकता गरी ‘एकीकृत कम्युनिस्ट पार्टी’ बनाउनेसहित ६ बुँदे सहमति भएको छ ।
राष्ट्रिय सभागृहमा जारी पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार आसन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा एमालेले ६० र माओवादीले ४० प्रतिशत क्षेत्र पाउनेछन्। सहमतिका आधारमा नयाँ शक्ति र अन्य साना वाम दललाई समेत सिट छुट्टाउने निर्णय एमाले-माओवादीले गरेका छन्।
पार्टी एकताका निम्ति ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गरिएको छ । समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेब गौतम र ईश्वर पोखरेल छन्। माओवादी तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। नयाँशक्ति तर्फबाट बाबुराम भट्टराई रहेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा