सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १७ । असार अन्तिम साता दुई करोड रुपैयाँभन्दा बढी ठगेर फरार कास्की पुरनचौरका गोविन्द तिवारी जापानमा पक्राउ परे ।जापानमा रहेका नेपालीले तिवारीलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत तिवारीविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । प्रहरीले तिवारीलाई नेपाल झिकाउन गृह मन्त्रालय गुहार्यो ।
गृहले परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहलका लागि पत्रसमेत लेख्यो । तर, जापानी प्रहरीले दुई देशबीच अपराधी बुझाउने कुनै कानुन नभएको भन्दै तिवारीलाई एक सातापछि छाडिदियो ।
तिवारीलाई नेपाल ल्याउन सकिएको भए धेरै महिलाले न्याय पाउँथे । प्रहरी मुख्यालयका अनुसार तिवारीविरुद्ध धेरै महिलामाथि यौनजन्य दुव्र्यवहार गरेको आरोपसमेत छ ।
प्रहरीको ‘मोस्ट वान्टेड सूची’मा परेका, अदालतले समेत वारेन्ट जारी गरेका र इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी भएका इयान ब्रेकर एथेन्समा पक्राउ परे पनि उनलाई नेपाल ल्याउन सकिएन ।
अमेरिकी नागरिक ब्रेकर एथेन्स प्रहरीले सन् २०१७ जुनमा पक्राउ गरेको थियो । वन्यजन्तुका छालालगायत अखेटोपहारका तस्कर ब्रेकरलाई नेपाल पठाइदिन प्रहरीले इन्टरपोलमार्फत एजेन्स प्रहरीसँग समन्वय गर्यो ।
तर, प्रमाण अभाव भएको र नेपाल पठाउन कुनै कानुन नभएको भन्दै ब्रेकरलाई त्यहाँको अदालतले छाडिदियो ।
यी दुई घटनाका अभियुक्त पक्राउ परेको जानकारी पाउँदा पाउँदै पनि नेपालले स्वदेश ल्याउने मौका गुमायो ।
छिमेकी मुलुक भारत र चीनसँग आपसी समन्वयमा अभियुक्त ल्याउने र बुझाउने काम हुँदै आएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार केही साताअघि मात्रै नेपालले २० मिलियनभन्दा बढी युयान ठगी मुद्दाका चिनियाँ नागरिक किन पिङलाई चीन बुझाएको छ ।
अध्यागमनमार्फत डिपोट गरिएका पिङ नेपालमा पर्यटकका रूपमा घुम्दै आएका थिए ।
अहिले नेपालले मात्रै १५ जना स्वदेशी र दुई विदेशी गरी १७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी छ । सन् २००७ देखि उनीहरू खोजीको सूचीमा छन् ।
त्यसैगरी, भारतको इन्टरपोलले २८, अमेरिकी इन्टरपोलले ५, मिन्स (बेलारुस) ले एक, अबुधावीले १५, कतारले ९, साउदी अरेबियाले ३, पोर्चुगलले एक, पोल्यान्डले एक र बहराइन इन्टरपोलले एक गरी ६६ जना नेपालीको खोजी गरिरहेका छन् ।
प्रहरीले अनुसन्धान गरिरहेकै बेला नाम खुलेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन २२ जनाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ । यिनीहरूमा नेपालीसँगै भारतीय, पाकिस्तानीसमेत छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा