सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, असोज १६ । महोत्तरीको बर्दिवासमा एकजना स्वास्थ्यकर्मीसहित ५ जनामा डेंगुको संक्रमण देखिएको छ । बर्दिवासमा रहेको स्वास्थ्य चौकी गौरीवासका स्वास्थ्यकर्मी तथा प्रमुख महेन्द्र साहमा डेंगुको प्रकोप देखिएको हो ।
यस्तै बर्दिवास नगरपालिका–१ का ३८ वर्षका किशोर भट्टराई, वडा नम्बर २ की ३० वर्षकी प्रमिला कार्की, वडा नम्बर ५ की ६० वर्षकी खिनमाया पोखरेल र वडा नम्बर १४ का ४० वर्षका खुरहरी अधिकारीमा डेंगु रोगको संक्रमण फेला परेको हो ।
महोत्तरीका जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र यादवले दिएको जानकारी अनुसार संक्रमितको उपचार भइरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा