सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १६ । बडादशैको १२ औ दिन आज पनि मान्यजनबाट टीका जमरा थाप्न गरिंदैछ । टाढा रहेका र टीकाको दिन जान नभ्याएका आज टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा पुग्ने गर्छन् ।
विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले आज मान्यजनको हातबाट टीका, जमरा र आशिर्वाद लिइरहेका छन् । आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कतिपय मानिसले विजयादशमीका दिन घरमा मात्र टीका लगाउने र त्यसपछि पूर्णिमासम्म आफन्तजनकोमा गएर टीका लगाउंदै आशिर्वाद लिने चलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ । मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा थापी यश, ऐश्वर्य, क्षमता वृद्धि एवम् दीर्घायुको आशीर्वाद लिइन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा