सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१५ असोज, सिमकोट । यस पालीको दशैंमा हुुम्लामा चार करोड मूल्य बराबरका भेडा च्याङ्ग्रा बिक्री भएका छन् । वर्षको एक पटक आउने दशै र घरघरमा भेडा च्याङ्ग्राको बलि दिने मान्यता अनुुसार यति धेरै मुुल्य बराबरका भेडा च्याङ्ग्रा बिक्री भएका हुुन् ।
१५ सय च्याङ्ग्रा मात्र चीनको तिव्वतवाट हिल्सा नाका हुुँदै हुुम्ला भित्रिएको र यसको लागि दुुई करोड रुपियाँमा सो च्याङ्ग्रा खरिद गरिएको च्याङ्ग्रा व्यापारी स्याराप छिरिङ लामाले बताए ।
यता स्थानीय खसी विक्री गरि रहेका खसी व्यापारी प्रेम भण्डारीले हुुम्लामा ७ देखि ८ हजार घरधुुरी सवैलाई च्याङ्ग्रा नपुुग्ने भएको कारण स्थानीय खसी पनि विक्री भएको बताए । ती स्थानीय खसीको मुुल्य २१ हजारसम्म परेको उनले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा