सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उल्लासपूर्वक सहभागी भई मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।
दसैंका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपतिले हिमाल, पहाड, तराई, मधेश तथा मेचीदेखि महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवं सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरको ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न जोड दिइन्। सामाजिक सद्भाव एवं क्षेत्र–क्षेत्र, जातजाति र समुदाय—समुदायबीच आपसी भ्रातृत्व कायम गर्नसमेत यो चाड सफल रहोस् भन्ने उनले कामना गरेकी छन्।
शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीको साझा फूलवारीको प्रतीकका रुपमा रहेका चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख छ। (रासस)
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा