सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १३ । बंगलादेशको कक्स बजार नजिकैको समुद्री तटमा डुंगा पल्टिँदा १४ जना रोहिंग्याको मृत्यु भएको छ ।
नदीमा डुबेर ज्यान गुमाउनेमा ९ जना बालबालिका र ५ जना महिला रहेको बंगलादेश प्रहरीले जनाएको छ ।
समुद्रमा डुबेको कुनै वस्तुमा ठक्कर खाएर डुंगा पल्टिएको हो । डुंगामा ४० जना सवार रहेको बताइएको छ ।
पछिल्लो २ दिनमा बंगलादेशमा म्यानमारको रखाइन प्रान्तबाट भागेर २ हजार भन्दा बढी रोहिंग्या बंगलादेश पुगेका छन् ।
म्यानमारमा गत अगस्ट २५ देखि जारी हिंसाका कारण ५ लाखभन्दा बढी रोहिंग्या बंगलादेशमा शरण लिन पुगेका छन् ।(एजेन्सी)
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा