सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गोरखा, असोज ११ । गोरखा दरबारस्थित दसैँ घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातिसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरेर दरबारका सुसारेले बुधबार बिहान ९ बजे शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् ।
फूलपातीको डोली बा १ झ ६५४८ नंको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जुसिंङ भण्डारीले जानकारी दिनुभयो ।
गोरखाबाट पठाएको फूलपाती हनुमानढोका दरबार पुर्याएपछि बुधबार बेलुका हर्ष बढाइँका साथ फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दसैँ घरमा पनि बेलुका फूलपाती भित्र्यान्छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहले राजधानीको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी गोरखाको दसैँ घरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबार पुर्याएर भित्र्याउने चलन छ । गोरखा दरबारको दसैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली सुसारेहरुले बोकेर ल्याएका हुन् ।
गोरखा दरबार हेरचाह अड्डाले गोरखा पर्यटन विकास केन्द्र, सतिपिपलको एकता युथ क्लब र गोरखा मल्टिट्यालेन्ट गु्रपको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो । दरबारस्थित दसैँ घरबाट मालश्री धुनसहित सतिपिपलसम्म र्याली निकालिएको थियो ।
यस्तै गोरखा धिमे पुच (नेवार समूह)का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए । सतिपिपलबाट १०० भन्दा बढी मोटरसाइकल चालक युवाले फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरेको एकता युथ क्लबका प्रवीण बस्नेतले जानकारी दिनुभयो ।
फूलपाती काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले गोरखाको इतिहास, परम्परा विश्वकै उत्कृष्ट र प्रशंसा गर्न लायक भएकाले संस्कृतिको जगेर्नाका लागि नगरपालिका कार्यालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा