सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ११ । एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ ।
पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रुप प्रदान गरेको हो ।
बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीनजनाको नाम प्रत्यक्ष निर्वाचनका लागि पेस गर्ने जिम्मेवारी सुम्पिएको छ ।
त्यस्तै असोज १९ र २० मा जिल्ला कमिटीका बैठकले ती नामलाई आफ्नो राय सुझावसहित पठाउनुपर्ने व्यवस्था गरेको छ । असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ ।
प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ ।
उम्मेदवारका लागि यस्ता छन् मापदण्ड
पार्टीमा सक्रिय, लोकप्रिय
प्रतिष्ठामा आँच नआएको
वागी/विद्रोही नभएको
निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने
पुनः समानुपातिक उम्मेदवार नबनाइने
एकभन्दा बढी उम्मेदवारी दिन रोक
–अन्नपूर्ण पोस्ट दैनिकबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा