सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज १० । असोज २ गते भएको प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको हो ।
घोषित परिणामअनुसार नेपाली कांग्रेस ३९, संघीय समाजवादी फोरम २५, राष्ट्रिय जनता पार्टी २४ र नेकपा माओवादी केन्द्र २१ स्थानीय तहमा विजयी भएका छन् ।
त्यसैगरी नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।
अब जम्मा तीन स्थानीय तहको मात्र अन्तिम परिणाम आउन बाँकी छ ।
अब ३ स्थानको मात्र मत परिणाम आउन बाँकी रहेकोमा पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिका रहेका छन् । ती स्थानमा मतगणना जारी रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा