सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९। चिकित्सा शिक्षा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी १२ औँ पटक अनसन बस्नु भएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर संसदले सोमबार नै पारित गर्ने तयारी भएको भन्दै उहाँले अनसन थाल्नु भएको हो । यसअघि उहाँले दसैँपछि अनसन बस्ने बताउँदै आउनु भएको थियो । नागरिकमुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको केसीले बताउनुभएको छ ।
एमबिबिएसका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिने काठमाडौं विश्वविद्यालयको निर्णय फिर्ता हुनु पर्ने, काठमाडौं उपत्यकामा एमबिबिएसका लागि साढे ३८ लाख र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ भन्दा बढी शूल्क लिन नपाइने उहाँको माग छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन अध्यापन सुरु गर्नु पर्ने र त्यसका लागि बजेट तथा अन्य व्यवस्था हुनु पर्ने, कैलाली र दाङमा सरकारी मेडिकल कलेज स्थापनाको काम अघि बढाउनु पर्ने, डोटी डडेलधुरा, धनुषा महोत्तरी, उदयपुर, पाँचथर तेह्रथुममा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन पनि डा केसीले माग गर्नुभएको छ ।
भ्रष्टाचारको आरोपमा सरकारले बर्खास्त गरेको आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि छानबिन गरेर उनले हिनामिना गरेको रकम असुल गरी कारवाही गर्नु पर्ने, खड्कालाई भ्रष्टाचारमा सहयोगीलाई पदच्युत गरेर कारवाही गर्न पनि डा. केसीले माग गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा