सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , असोज ९। व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । सो पत्र मन्त्रिपरिषद् विस्तारसंग सम्बन्धित थियो ।
बैठकमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘कर्मचारी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४’ सदनसमक्ष पेश गरे ।
आजकै बैठकमा अर्थसमितिका सभापति प्रकाश ज्वालाले अन्तर सरकारी वित्त व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७४ पेश गर्दै संघीयता कार्यान्वयन गर्न ती विधेयकले सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा