सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ९ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५५ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १५ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७७ रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ८६ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ८५ पैसा रहेको छ ।
एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा