सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ८ । एएफसी यु–१६ च्याम्पियनसिप छनोटको समूह डीमा रहेको नेपालले अन्तिम खेलमा प्यालेस्टाइनसँग पराजित भएको छ । शसस्त्र प्रहरी बल एपीएफको खेल मैदानमा छनोटको समूहको अन्तिम खेलमा नेपाल प्यालेस्टाइनसँग २–१ ले पराजित भएको हो । खेलको १० औं मिनेटमा नेपालका खेलाडीलाई प्यालेस्टाइनका डिफेन्डरले डिबक्सभित्र फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीका सदुपयोग गर्दै ब्रिजेश चौधरीले गोल गर्दै नेपाललाई १–० गोलको अग्रता दिलाएका थिए । तर त्यसपछि २८ औं र ७५ औं मिनेटमा प्यालेस्टाइनले गोल फर्काएर २–१ को जित हासिल गर्यो।
नेपालले दुई खेलमा हार ब्यहोरेको छ । भने एक खेलमा बराबरी खेलेको छ । पहिलो खेलमा नेपाल इराकसँग १–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग २–२ गोलको बराबरी खेलको थियो ।
प्यालेस्टाइन भने यसअघिका दुई खेलमा पराजित भएको थियो । पहिलो खेलमा भारतसँग ३–० र दोस्रो खेलमा इराकसँग ४–० ले पराजित भएको थियो । यसअघि नेपालले भारतसँग बराबरी खेल्दा इराकसँग हार बेहोरेको थियो भने प्यालेस्टाइनले दुवै खेल हारेको थियो । यता, इराक समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरणमा प्रवेश गरेको छ । नेपाल र प्यालेस्टाइनलाई हराएको इराकले भारतसँग गोलरहित बराबरी खेल्दै शीर्ष स्थानमा रहेको हो । यता भारत समूहको उपविजेता बनेको छ । इराकको ७ तथा भारतको ५ अंक रहेको छ । प्यालेस्टाइनको ३ तथा नेपालको १ अंकमात्र भएको छ ।
१० समूहमा भइरहेको छनोट प्रतियोगितामा सबै समूहका विजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् भने १० समूहका १० उपविजेतामध्ये ५ देश उत्कृष्ट उपविजेताका रुपमा छानिने छन् । आजै शसस्त्र प्रहरी बल एपीएफको खेल मैदानमा भएको अर्को खेलमा इराक र भारतले गोलरहित बराबरी खेलेका छन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा