सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ८ । सप्तरीको कञ्चनरूप नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। आइतबार दिउँसो सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार एमाले उम्मेदवार बसन्तकुमारले कांग्रेस उम्मेदवार ललनप्रसाद गुप्तालाई पराजित गर्दै मेयरमा विजयी भएका हुन्।
बसन्तकुमारले ५०४२ मत पाए भने गुप्ताले ४१७६ मत ल्याए। उपमेयरमा भने नेपाली कांग्रेसकी निरु पोखरेल ४७५८ मत ल्याएर विजयी भएकी छन्।
उनले एमालेकी असरादेवी चौधरीलाई पराजित गरेकी हुन्। मेयर र उपमेयरमा राजपाका उम्मेदवार तेस्रो भएका छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा