सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, असोज ८ । चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक अरु’ बोलको गीतले नायिका रेखा थापा र नायक आर्यन सिग्देलको प्रेमभाव बोल्छ । गीतमा उनीहरु एकअर्का बिना बाँच्न नसक्ने बताउँदैछन् ।
सनुप पौडेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अम्बिका शर्माको शब्द र अर्जुन पोखरेलको संगीत सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोमा आर्यन र रेखाको केमेष्ट्री गज्जबको देखिन्छ । फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् ।कात्तिक २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको ।
भिडियो हेर्नुहोस् :
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा