सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुकुम, असोज ८ ।रुकुम र पूर्वी रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार जिल्ला समन्वय समितिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
दुवै जिल्लाको निर्वाचनका लागि प्रमुख र उपप्रमुखसहित नौ नौ जनाको उम्मेदवारी परेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उहाँहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।
पूर्वी रुकुम जिसस प्रमुखमा गजेन्द्रबहादुर ओली र उपप्रमुखमा भीमकुमारी पुन तथा सदस्यमा दयालसिंह पुन, धनीमान बुढा, महेन्द्र मल्ल, जनक विक, आस्था विक, विष्णु नेपाली र रीता विक निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै पश्चिम रुकुम जिसस प्रमुखमा राजकुमार शर्मा र उपप्रमुखमा इन्दिरा बीएम तथा सदस्यमा धनवीर ओली, अमृत बोहरा, टेकबहादुर ओली, विष्णु सुनार, निर्मला रसाइली, नउम घर्ती र चिमेली सुनार निर्विरोध भएको पश्चिम रुकुमका मुख्य निर्वाचन अधिकृत डण्डपाणि शर्माले जानकारी दिनुभयो । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा