सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तेहरान, इरान। इरानले नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ।
सैनिक परेडमा खूरामशार नाम दिइएको क्षेप्यास्त्रले २ हजार किलोमिटर टाढासम्म हान्न सक्ने इरानी अधिकारीहरूले बताएका छन्। परीक्षणका दृष्यहरू इरानको राज्य सञ्चालित टेलिभिजनबाट प्रसारण गरिएको थियो।
यसअघि इरानले गत जनवरीमा खूरामशार क्षेप्यास्त्रको परीक्षण गरेको थियो तर मध्यमार्गमै विस्फोट भएको थियो।
इरानको क्षेप्यास्त्र कार्यक्रमको अमेरिकाले आलोचना गरेको छ। इरानले भने उक्त क्षेप्यास्त्र प्रतिरक्षात्मक प्रयोजनका लागि भएको भन्दै परीक्षणको बचाउ गरेको छ।
“केही व्यक्ति वा राष्ट्रले हाम्रो क्षेप्यास्त्र परीक्षणको आलोचना गरेका छन् तर यो विल्कुल इरानको प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने कार्यक्रम भएकाले यसका लागि कसैसँग अनुमति लिइराख्नुपर्ने हुँदैन,” इरानी रक्षामन्त्री अमीर हतामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। एएफ्पी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा