सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ७। कमल थापा नेतृत्वको राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओलीले राप्रपा परित्याग गर्न लागेको चर्चा चलेको छ । स्रोतका अनुसार उनी केहि दिनभित्रै एमाले प्रवेशको तयारीमा छिन् । दाङकी उनी एमाले सचिव शंकर पोखरेलमार्फत कुराकानी चलाएर एमाले प्रवेशमा जुटेकी हुन् ।
यसअघि पशुपति शमशेर राणाले पार्टी फुटाएसँगै चर्चित नायिका रेखा थापाले पनि राप्रपा छाडेकी थिइन् । थापा अहिले राणाको पार्टीमा आबद्ध छिन् । ओलीले अहिले चुनाव लड्नका लागि टिकटको फिक्स गराएर एमाले प्रवेशमा जुटेको बताइएको छ ।
गत वर्षको मंसिर ६ गते कमल थापाको हातबाट टिका लगाएर वली राप्रपामा प्रवेश गरेकी थिइन् भने सोलगत्तै उनले रेडियो नेपालको जागिर पनि त्यागेकी थिइन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा