सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लहान । मधेश विरोधी भनेर आरोप खेप्दै आएको नेकपा एमालेले मधेस आन्दोलनको उद्गम स्थल रहेको सिरहाको लहान नगरपालिकामा जित दर्ता गराएको छ।
एमालेका मेयर उमेदवार मुन्नी साह सुडीले ११ हजार ३ सय ७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अचमित लाल चौधरीले ९ हजार १ सय ३८ मत ल्याएका छन्।
उपमेयरमा पनि एमालेकै सरियार कुमारी चौधरी ११ हजार १ सय ६८ मतसहित विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्धन्दी पुनम चौधरीको पक्षमा ९ हजार ९ सय ६ मत खसेको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा