सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, असोज ६ । महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वडा नम्बर १ को मतगणना गर्दा मुचुल्का उठाएको भन्दा ११३ मत कम भएपछि तनाव भएको छ । मतपत्र हराएपछि विभिन्न दलका नेता कार्यकर्ताहरु मतगणनास्थलमा नारावाजी गर्न थालेका छन् ।
स्थानीय गगनदेव यादवले मुचुल्का भन्दा कम मत भेटिएपछि दलका नेता कार्यकर्ताहरु नारावाजीमा उत्रिएको जानकारी दिए । यसबारे निर्वाचन अधकृतसँग सम्पर्क गर्दा आफुलाई थाहा नभएको प्रतिकृया दिए ।रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा